जेठ २४, २०७७ स्याङजा : स्याङजामा शनिबार थप १० जनामा संक्रमण देखिएको छ। योसँगै जिल्लामा संक्रमण हुनेको संख्या २३ पुगेको छ।
वालिङ नगरपालिकाको क्वारेन्टाइनमा बसेका आठ र हरिनाश गाउँपालिकाको क्वारेन्टाइनमा बसेका दुईजना पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।
उनीहरुलाई हेलु स्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा राखिने तयारी छ। योसँगै गण्डकी प्रदेशमा संक्रमित संख्या ७५ पुगेको छ।