गुल्मीमा क्वारेन्टाइनबाटै नगद र मोवाइल चोरी

0
752

तिलाचन पाण्डे
जेठ २३,२०७७ गुल्मी  :  सुन्दा पनि अचम्म लाग्ने गुल्मीमा क्वारेन्टाइनमै बसेका एक ब्याक्तिले संगै बसेका साथीको नगद र मोवाइल चोरी फरार भएका छन् ।
जिल्लाको मालिका गाउँपालिका वडा नं ८ को मालिका माध्यमिक बिधालयमा क्वारेन्टाइनमा बस्दै आएका ३५ बर्षिय राजेन्द्र परियार नाम बताउने ब्याक्तिले जेठ २० गते क्वारेन्टाइनमै बसेका साथीको नगद १० हजार र एउटा १६ हजार पर्ने मोवाइल चोरेर फरार भएको वडा अध्यक्ष टीका जिशीले जानकारी दिए ।
राती नै नगद र मोवाइल चोरेर फरार भएका उनको खोजीकार्य भएको वडा अध्यक्षले जानकारी दिए ।
भारतबाट आएको भन्दै चोरीमा संलग्न
जेठ १० गते भारतबाट आएको बताउने उनी भारतबाट नआई भारतबाट आएको बहाना बनाएको जिशी बताए । उनी जेठ १० गते बुटबलको शिद्धबाबामा बस रोकाई म भारतबाट आएको हुँ भन्दै आफू अलपत्र परेको बताउँदै १४ जनाको ग्रुपमा आएको त्यी युवाले छापहिलेका साथिको मोवाइल र दर्लिङका क्वारेन्टाइनमा बसेका साथीको नगद १० हजार चोरी फरार भएका उनको खोजी कार्य जारी रहेको जिशीले बताए ।
उनको नियत हेर्दा चोरीमा संलग्न भएको जस्तो लागेको र भारतबाट आएको बाहाना मात्रै बुनेको आफुहरुलाई लागेको घटना पश्चात थाहा भएको जिशीले बताए ।
प्युठानमा फेला परे फरार ब्याक्ति
क्वारेन्टाइनबाट नगद र मोवाइल लिइ फरार भएका ब्याक्ति प्युठानमा प्रक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रसिंह खडकाका अनुसार प्युठान प्रहरीको समन्वयमा फरार ब्याक्ति फेला परेको जानकारी दिए ।
प्युठानको मच्छी र बिजुवाको बिचमा उनी फेला परेको र उनको साथमा चोरी गरेको मोवाइल रहेको भन्दै पैसा भने खर्च गरिसकेको जनाएका छन् । उनलाई प्युठानमै क्वारेन्टाइनमा राख्ने या गुल्मी ल्याउने भन्ने बारेमा समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
फरार ब्याक्ति यस अगाडी पनि चोरी कार्यमा संलग्न हुँदै आएको र उनको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SHARE