
तिलाचन पाण्डे
जेठ २३,२०७७ गुल्मी : सुरक्षित जीबनका लागि जैबिक बिबिधता भन्ने नाराका साथ गुल्मीमा बिश्व बातावरण दिबस मनाइएको छ ।
जिल्ला कृषि ज्ञानकेन्द्र गुल्मीको आयोजनामा रेसुंगा नगरपालिका वडा नं ९ को उपल्लो तम्घासमा रहेको बालउद्यानमा बिभिन्न प्रजातीका १२ वटा बिरुवाहरु रोपण गरी मनाइएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिए ।

बिरुवा रोपणमा रेसुंगा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष नारायण बराल लगायत स्थानीयहरुको सहभागीता रहेको थियो ।

यस बर्ष कोलम्बो देशको आयोजनामा बिश्व वातावरण दिबस मनाइएको हो । प्रत्येक बर्ष फरक फरक देशहरुको आयोजनामा यो दिबस मनाउने गरिएको छ ।










