गुल्मीका २ जनामा डेंगु रोग

0
486

तिलाचन पाण्डे
जेठ २३,२०७७ गुल्मी  :  गुल्मीका २ जनामा डेंगु रोग देखा परेको छ ।
जिल्लाको सत्यवती गाउँपालिकाका एक जना १४ बर्षिय पूरुष र ५१ बर्षिय महिलामा डेंगु रोग देखा परेको जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
उनीहरु सत्यवती गाउँपालिका वडा नं ५ की महिला र ६ का पुरुष रहेको बताइएको छ । शुक्रबार उनीहरुमा बढी ज्वरो देखा परी स्वास्थ्य परीक्षण गर्दा डेंगु देखा परेको हो । उनीहरुलाई स्वास्थ्य केन्द्रको निगरानीमै राखेर उपचार गरिएको सवास्थ्य केन्द्रकी प्रमुख डाक्टर शिला ढकालले जानकारी दिइन् ।
उनीहरुले यस भन्दा पहिले नीजि क्लिनिकबाट औषधीहरु खाँदै आएको र उनीहरुमा उच्च ज्वरो र टाउको दुख्ने समस्या देखा परे पश्चात परीक्षण गर्दा डेंगु देखा परेको ढकालले बताइन् ।

SHARE