विष्णु प्रसाद आचार्य,
जेठ २२,२०७७ गुल्मी : मुसिकोट नगरपालिकामा ¥यापिट डायग्नोष्टिक टेष्ट आरडिटि परीक्षण गर्दा एकजनाको रिपोर्ट पोजेटिभ आएको छ ।
नगरपालिकाको वडा नं २ स्थित नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बसेका २ जनाको आज गरिएको आरडिटी परीक्षणमा १ जनाको रिपोर्ट पोजेटिभ आएको मुसिकोट नगरपालिका स्वास्थ्य सयोंजक डिबी जिसीले जानकारी दिए ।
उनी १४ दिन अघि भारतबाट आएर क्वारेन्टाईनमा बसेका थिए । आरडिटि परीक्षणमा पोजेटिभ नतिजा आएपछि उनको पिसिआर परीक्षणका लागि भोलि स्वाव सकंलन गरिने उनले जानकारी दिए ।
मुसिकोट नगरपालिकाले पछिल्लो समय भारतबाट आएर क्वारेन्टाईनमा बसेका १४ दिनको बसाई अवधी पुरा गरेकाहरुको आरडिटी परीक्षण गरिरहेको छ ।
साथै सोही क्वारेन्टाईनको व्यवस्थापनमा खटिनुभएका विद्यालयका प्रधानाध्यापक सुरेन्द्र नेपालीले आरडिटि परीक्षण पोजेटिभ आयो भनेर आत्तिनुपर्ने स्थिति नरहेको भएपनि उनलाई थप सजकताका साथ राखिएको जानकारी दिए ।