प्रेस युनियन गुल्मीद्धारा पत्रकार महासंघलाई पिपिई

0
519

रमेश विश्वकर्मा
गुल्मी, जेठ २२ :  नेपाल प्रेस युनियन गुल्मीद्वारा नेपाल पत्रकार महासंघ गुल्मी शाखालाई पिपिई हस्तान्तरण गरिएको छ ।

कोरोना वारियरको रुपमा फ्रन्टलाइनमा रहि समाचार सम्प्रेषण गर्ने सन्चारकर्मीलाई वितरण गर्ने गरि नेपाली कांग्रेस गुल्मी काठमाडौं सम्पर्क समिति विपद् व्यवस्थापन समिति द्वारा प्रदान गरिएको २५ थान पिपिई सेट नेपाल प्रेस युनियन गुल्मीद्वारा हस्तान्तरण गरिएको हो ।
नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ, सचीव खिलध्वज पन्थी, जिल्ला सदस्य एवम् महासमिति सदस्य शालिकराम पन्थी, नेपाल प्रेस युनियन गुल्मीका अध्यक्ष रेशम कुँवरबाट नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाललाई हस्तान्तरण गरिएको थियो ।
पीपीई हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस गुल्मीका सभापति श्रेष्ठले कोरोनाको जोखीमका बिच फ्रन्टलाइनमा रहेर काम गर्ने पत्रकारलाई सजिलो होस् भन्ने उद्देश्यले नेपाली कांग्रेस गुल्मी(काठमान्डौ सम्पर्क समितिले पिपिई पठाएको बताए ।

उनले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ लाई मध्यनजर गर्दै हस्तान्तरण गरीएको पीपीईले सञ्चारकर्मीलाई ठुलो सहयोग पुग्ने बताए । कार्यस्थलमा यसको भरपूर प्रयोग गर्न पनि आग्रह गरे ।
पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले पीपीई उपलब्ध गराएर सहयोग प्रदान गरेको नेपाली कांग्रेस गुल्मी काठमाडौँ सम्पर्क समिति,नेपाली कांग्रेस गुल्मी र नेपाल प्रेस युनियन गुल्मी लाई धन्यवाद् ज्ञापन गरे ।

कोभिड(१९ रोकथामका लागि नेपाली कांग्रेस गुल्मी (काठ्माण्डौ सम्पर्क समितिले संचारकर्मी र फ्रन्टलाइनमा काम गर्ने निकाय र ब्याक्तीका लागि छिट्टै युनियन मार्फत वितरणका लागि अत्यावश्यक स्वास्थ सामाग्री पठाइने जानकारी सम्पर्क समिति अन्तर्गत गठित विपद व्यवस्थापन समितिका संयोजक योगराज कंडेलले जानकारी दिए ।

नेपाल प्रेस युनियन गुल्मीले पिपिइ सहित अन्य अत्यावश्यक स्वास्थ सामाग्री उपलब्ध गराइदिन अनुरोध गरे बमोजिम हाल ३५ थान पिपिइ प्राप्त भैसकेकोमा ती मध्य २५ थान नेपाल पत्रकार महासंघ गुल्मीलाई हस्तान्तरण गरिएको र नपुग भएको अवस्थामा बाकी सामाग्री पनि थप गर्दै जाने अध्यक्ष रेशम कुँवरले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रममा नेपाल प्रेस युनियनका निबर्तमान् अध्यक्ष हरीकुमार श्रेष्ठ, नेपाल प्रेस युनियनका केन्द्रिय प्रतिनिधि तारा प्रसाद भुसाल लगायतको आतिथ्यता रहेको थियो । नेपाल प्रेस युनियन गुल्मीका अध्यक्ष रेशम कुवँरको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव रमेश विश्वकर्माले गरेका थिए

SHARE