मुसिकोटले आज देखि कोरोना परीक्षण गर्ने

0
307

सागर भडारी,
जेठ २२,२०७७ गुल्मी  : गुल्मीको मुसिकोट नगरपालिकाले बिहिवार देखि क्वारेन्टाईनमा बसेकाहरुको कोरोनाको परीक्षण गर्ने भएको छ ।
पछिल्लो समय भारतबाट आएर क्वारेन्टाईनमा बसेका र बसाई अवधि पुरा गरेकाहरुको आरडिटी परीक्षण गर्न लागिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिबी जिसीले जानकारी दिए ।
प्रदेश ५ सरकार मार्फत किट आउँदै गरेको र किट ल्याएपछि नगरपालिकामा रहेका तालिम प्राप्त स्वास्थ्य प्राविधिकहरुमार्फत क्वारेन्टाईनमा रहेकाहरुको कोरोना परीक्षण गर्ने बताईएको छ ।
नगरपालिकामा २ सय ७० वटा किट आउँदै गरेको प्रमुख जिसीले जानकारी दिए । े पहिलो चरणमा क्वारेन्टाईनको बसाई अवधि पुरा गरेका २ सय ७० जनाको आरडिटी परीक्षण गरिने उनको भनाई छ ।
आरडिटी परिक्षण पश्चात यदि कसैको रिपोर्ट पोजेटिभ देखिएमा उनीहरुको स्वाव सकंलन गरेर पिसिआर परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही पठाउने प्रमुख जिसीले जानकारी दिए ।

SHARE