गुल्मीमा तीन हजार ७८७ जना क्वारेन्टाइनमा

0
324
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
जेठ २२,२०७७ गुल्मी  :गुल्मी जिल्लामा तीन हजार ७८७ जना क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
जिल्लाको रेसुंगा नगरपालिकामा ३६५ जना , मुसिकोट नगरपालिकामा ६०९ जना , रुरुमा २१७ जना ,चन्द्रकोटमा १६४ जना , छत्रकोटमा ३८९ जना , इश्मामा ४११ जना , मालिकामा २५१ जना ,धुर्कोटमा २४९ जना ,कालीगण्डकीमा ९८ जना , सत्यवतीमा २०४ जना ,गुल्मीदरवारमा ३७३ जना ,मदाने गाउँपालिकामा २५७ जना गरी कुल तीन हजार ७८७ जना क्वारेन्टाइनमा रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जनाकारी दिए ।
क्वारेन्टाइनमा रहेका मध्ये ३६५ जना महिला र तीन हजार ४२२ जना पुरुष रहेका छन् । उनीहरु मध्ये अधिकांश भारतबाट आउका छन् ।
जिल्लामा स्थानीय तहले तयार बिभिन्न १९५ वटा स्थानका क्वारेन्टाइनमा चार हजार ५०६ बेड रहेका छन् । हालसम्म क्वारेन्टाइनमा रहेका ५६८ जनाको आरडिटि गरिएकोमा ९ जनाको पोजेटिभ आएको र बाँकी ५५९ जनाको नेगेटिभ आएको छ ।
बुधबारसम्म जिल्लामा ३५५ जनाको स्वाब संकलन गरि परीक्षणका लागि प्रादेशक प्रयोगशाला रुपन्देही पठाएकोमा ५ जनाको रिपोर्ट पोजेटिभ , १८४ जनाको रिपोर्ट नेगेटिभ आएको र बाँकी १६६ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।

८ जनाको आइसुलेसनमा राखेर उपचार
गुल्मी जिल्लामा ८ जनाको आइसुलेसनमा राखेर उपचार गरिएको छ । सदरमुकाम तम्घासमा रहेको आइसुलेसनमा ६ जना जसमा ४ जना पूरुष र २ जना महिला रहेको रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए । उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको अर्यालले बताए ।
यस्तै धुर्कोट गाउँपालिकाको आइसुलेसनमा एक जना पूरुष र चन्द्रकोटको आइसुलेसनमा १ जना पूरुषको उपचार भइरहेको छ । उनीहरु सबै जनाको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।
जिल्लामा ६७ बेडको आइसुलेसन
जिल्लाका बिभिन्न स्थानीय तहमा रहेका आइसुलेसनमा ६७ बेडको क्षमता रहेको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
जसमध्ये रेसुंगा नगरपालिकामा २० बेड ,मुसिकोट नगरपालिकामा १६ बेड ,चन्द्रकोटमा ८ ,छत्रकोटमा ३ ,धुर्कोट गाउँपालिकामा २० बेड गरि कुल ६७ बेडको आइसुलेसन रहेको उल्लेख गरिएको छ ।

SHARE