सिवाईसी नेपालद्धारा रामपुर नगरपालिकाको बिपद ब्यबस्थापन कोषमा आर्थिक सहयोग

0
444

सुशीला रेग्मी

रामपुर (पाल्पा), २१ जेठ :रामपुर नगरपालिकाको बिपद व्यवस्थापन कोषमा सिवाईसी नेपाल लघुबित्त संस्था रामपुरले आर्थिक सहयोग गरेको छ ।
नगर प्रमुख रमणबहादुर थापालाई संस्थाका प्रबन्धक दीपक खत्रीले रु दश हजार रकम हस्तान्तरण गरेका हुन् । सहयोग रकम बुझ्दै नगर प्रमुख थापाले संस्थाले गरेको सहयोगप्रति धन्यवाद ब्याक्त गरे ।
नगरपालिकाको बिपद व्यवस्थापन कोषमा जम्मा भएको रकमबाट विपन्न तथा अति अशक्त परिवारलाई सहयोग गर्ने नगर प्रमुख थापाले जानकारी दिए । संस्थाका प्रबन्धक खत्रीले विपद परिस्थितीमा सानो भएपनि सहयोग पुगोस् भनी रकम सहयोग गरिएको बताए ।

SHARE