जेठ २१,०७७ गुल्मी : राष्ट्रिय बाणिज्य बैंक पुर्तिघाट शाखाले कालीगण्डकी गाउँपालिकाको बिपद ब्यबस्थापन कोषमा ३० हजार सहयोग गरेको छ ।
बिश्वभर फैलिएको कोरोना संक्रमणलाई रोकथाम गर्नका लागि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत गाउँपालिकाको बिपद ब्यबस्थापन कोषमा ३० हजार सहयोग गरेको बैंक शाखाका प्रमुख अर्जुन अर्यालले जानकारी दिए । अर्यालले गाउँपालिकाकी उपाध्यक्ष तारा थापालाई चेक हस्तान्तरण गरेका हुन् ।
गाउँपालिकाको बिपद ब्यबस्थापन कोषमा मैत्री सहकारी संस्था , सिवाइसी लघुबित्त संस्था र प्रदेश सरकारबाट रकम जम्मा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिए ।
पल्लीले गाउँपालिकाको बिपद ब्यबस्थापन कोषमा सहयोग गर्नेहरुलाई प्रशंसा पत्र प्रदान गर्दै आएको समेत जानकारी दिए ।
बंैकले दिनरात जनताको सेवामा खटिने पुर्तिघाट प्रहरी चौकीलाई मास्क , ग्लोब्स ,सेनिटाइजर समेत प्रदान गरेको छ ।