कोरोना संक्रमित ब्याक्तिको सम्पर्कमा आएका २३ जनाको रिर्पोट नेगेटिभ

0
460

जेठ २१,२०७७ गुल्मी  : गुल्मीमा कोरोना संक्रमित मदाने गाउँपालिकाका एक ब्याक्तिको सम्पर्कमा आएका २३ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ ।
कोरोना संक्रमणका कारण उपचारको क्रममा ज्यान गुमाएका मदाने गाउँपालिका वडा नं ६ पुर्कोटदहका ४१ बर्षिय शिक्षकको उपचारको क्रममा रुपन्देहीको क्रिमसन अस्पतालमा निधन भएको थियो ।
शिक्षकको सम्पर्कमा आएका एक ब्याक्तिमा कोरोना संक्रमण भएपश्चात उनको सम्पर्कमा आएका २३ जनाको जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो ।
उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यलय गुल्मीका प्रमुख भवानीप्रसाद शर्माले जानकारी दिए । निधन भएका शिक्षकको सम्पर्कमा आएका ब्षक्तिमा कोरोना संक्रमण देखिएको १० दिनमानै उनले कोरोनालाई जितेर घर फर्किसकेका छन् ।

SHARE