रामपुरमा सर्पराज बिक्रम्दी मुढीखोप मोटरबाटो मर्मतको काम तिब्र

0
861

सुशीला रेग्मी

जेठ २०,२०७७ पाल्पा :पाल्पाको रामपुर नगरपालिका वडा नं ७ स्थित बिक्रम्दी मुढीखोप मोटरबाटोको मर्मत कार्य लाइ तिब्र पारिएको छ ।
प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम अन्र्तगत मंगलवार वडा अध्यक्ष तीर्थप्रसाद पंगेनीको अध्यक्षतामा एक कार्यक्रम गरी मोरबाटोको उद्घाटन गरिएको छ । सो मोटरबाटोको नगर प्रमुख रमणबहादुर थापाले मजदुरलाई औजार हस्तान्तरण गरेर उद्घाटन गरेका हुन् ।

मोटरबाटोको उद्घाटन गर्दै नगर प्रमुख थापाले नगरपालिका भित्र अति विपन्न परिवारका सदस्यलाई छनौट गरी यस कार्यक्रममा समेटिएको बताउँदै एक वडामा २५ देखि ३० जना युवा परिचालन गरिएको दाबी गरे ।
वडामा भएका योजना र त्यहाँको आवश्यकता हेरेर सडक निर्माण तथा मर्मत, कम्पाउण्ड, धार्मिकस्थल, पार्क निर्माण लगायतका क्षेत्रमा काम थालनी गरिएको नगर प्रमुख थापाले जानकारी दिए ।

शुभारम्भको पहिलो दिन मगंलबार वडा नं ७ मा काम नपाएर बेरोजगारी अवस्थामा रहेका २० जना युवा परिचालन गरिएको वडा सचिव धनेन्द्र खनालले बताए । कार्यक्रमको संचालन कार्यालय सहायक गीता पौडेलले गरेकी हुन् । कार्यपालिका तथा वडा सदस्य दुर्गादेवी भण्डारी गौतमले कोरनाको महामारीले काम नपाएर बसेका युवालाई गाउँघरमा नै काम गर्ने माध्यम मिलेपछि उत्साहका साथ काममा युवाहरु निस्केको बताइन् ।
वडाभित्र अति विपन्न गरिव परिवारलाई पहिलो प्राथमिकता दिइएको वडा सदस्य मिठ्ठुदेवी सुनारले बताइन् ।

नगरपालिकाले गतवर्ष संचालन गरेको प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रममा तीन हजार सात सय ५५ युवाले आवेदन दिएका थिए । गतवर्ष नै आवेदन दिएका युवालाई छनौट गरेर यो वर्ष काममा लगाइएको छ ।

सोही मोटरबाटोको आज नगरपालिकाका प्राबिधिक प्रमुख रन्जन न्यौपाने, प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम नगर संयोजक निरज पोखरेल र प्राबिधिक रमेश सुवेदीले अनुगमन गरेका हुन् ।

SHARE