जेठ २०,२०७७ दाङ : दाङमा वडा अध्यक्षलाई नै कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
मंगलबार कोरोना पुष्टि भएका ८ जना मध्य एक वडाध्यक्षलाई पनि संक्रमण देखिएको छ । दाङको बंगलाचुली गाउँपालिका ५ का वडाध्यक्षलाई कोरोना संक्रमण देखिएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको परीक्षणमा वडाध्यक्षमा संक्रमण पुष्टि भएको गाउँपालिकाका प्रेस संयोजक जीवन नेपालीले जानकारी दिए ।
भारतबाट आएकाहरुको उद्धार र व्यवस्थापनमा खटिएका ५४ बर्षीय वडाध्यक्ष कोरोना देखिए पछि बंगलाचुलीका अन्य जनप्रतिनिधि र कर्मचारीको पीसीआर परीक्षण गर्ने तयारी भएको छ ।