जेठ २०,२०७७ गुल्मी : कालीगण्डकी गाउँपालिका गुल्मीले कोरोना बिशेष कृषि कार्यक्रम संचालन गर्नका लागि कृषकसंग प्रस्ताब माग गरेको छ ।
गाउँपालिकाले प्रदेश नं ५ को स्बिकृत कार्यक्रम अनुसार कोरोना लक्षित ब्यबसायिक तरकारी खेती प्रबद्र्धन कार्यक्रम अन्र्तगत १०० जनालाई रु २० लाख , बिदेशबाट फर्केका र ब्यबसाय उन्मुख कृषकलाई कृषि बिकास प्रोत्साहन कार्यक्रम अन्र्तगत १०० जनालाइ २३ लाख ४० हजार रुपैयाँ अनुदानमा दिने भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीद्धारा हस्ताक्षर गरिएको प्रस्ताब आव्हान सम्बन्धि सूचनामा सो कुरा उल्लेख गरिएको छ ।