जेठ २०,२०७७ गुल्मी : गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाका बिभिन्न क्वारेन्टाइनमा रहेकाहरुको आरडिटी परीक्षण गरिने भएको छ ।
नगरभित्रका बिभिन्न क्वारेन्टाइनमा रहेका ५६४ जनाको आरडिटी परीक्षण गर्ने तयारीमा रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
पछिल्लो समयमा गुल्मीमा भारतबाट भित्रनेको संख्या धेरै रहेकाले उनीहरुको पहिलो चरणमा आरडिटी गरिने स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।