भारतबाट आएका थिए, गुल्मीका नयाँ कोरोना संक्रमित

0
397

हुमाकान्त पोखरेल
जेठ १९,२०७७ गुल्मी  : गुल्मीका नयाँ कोरोना संक्रमित भारतबाट आएको खुलेको छ । स्वास्थ्य मन्त्रालयले आइतबार गुल्मीको रेसुङ्गा नगरपालिका १० का २६ बर्षिया पुरुषमा कोरोना पुष्टि गरेको छ । जसमा उनी जेठ १० गते भारतबाट आएको खुलेको हो ।
भारतबाट आएपछि उनलाई तम्घासस्थित महेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा राखिएको थियो । त्यसबेला उनमा छाती दुख्ने, समान्य रुघाखोकी लाग्ने तथा ज्वरो आउने भएपछि उनको गुल्मी अस्पतालमा आर.डी.टी. गरिएको थियो ।
आर्.डी.टी. पनि पोजेटिभ आएपछि उनको १६ गते पि.सि.आर्. को लागि स्वाब संकलन गरिएको थियो । उनको शनिबार राति नै कोरोना पुष्टि भएपनि आइतबार मात्रै कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।
उनी भारतबाट आउदाँ धुर्कोट जाने बसमा आएका थिए । उनका नजिकमा भने सिमिचौर र गुल्मीदरबारका एक÷एक जना साथि थिए । उनीहरु पनि क्वारेन्टिनमा रहेका छन् भने उनीसँगै आएका धुर्कोटका नागरिक पनि क्वारेन्टिनमा छन् । संक्रमित पुरुषलाई थप उपचारको लागि रेसुङ्गा नगरपालिका उपल्लो तम्घासस्थित आइसोलेशनमा लगिएको छ । उनी बसेको महेन्द्र माध्यमिक विद्यालयको क्वारेन्टिनमा ३१ जना थिए ।
उनलाई आइसोलेशनमा लगेसँगै अहिले त्यहाँ ३० जना क्वारेन्टिनमा रहेका छन् । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संक्रमितको सम्पर्कमा आउन सक्ने भएकोले सबैको पि.सि.आर. गरिने स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।
संक्रमितको सङ्ख्या पाचँ पुग्यो
गुल्मीमा कोरोना संक्रमितको सङ्ख्या पाचँ पुगेको छ । संक्रमितमध्ये मदाने गाउँपालिका ६ पुर्कोट दहका ४१ बर्षिया पुरुषको मृत्यु भइसकेको छ । संक्रमित धुर्कोट गाउँपालिका ४ का ३६ बर्षिया पुरुषको उपल्लो तम्घासको आइसोलेशनमा उपचार भइरहेको छ । उनी पनि भारतबाट आएका थिए । अर्का संक्रमित धुर्कोट गाउँपालिकाका अध्यक्ष सेल्फ आइसोलेशनमा छन् । भने अर्का कोरोना संक्रमित मदाने गाउँपालिका पुर्कोट दहस्थित कृषि विकास बैंकका कर्मचारी १० दिनपछि कोरोना जितेर घर फर्केका छन् ।

SHARE