नेपाली काँग्रेस छत्रकोट पाँचद्वारा स्वास्थ्य सामग्री वितरण

0
496

गुल्मी, जेठ १८  :  नेपाली काँग्रेस छत्रकोट गाउँपालिका गुल्मीले क्वारेन्टीनमा रहेका व्यक्तिहरुलाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको छ ।
हाल भारतबाट आई क्वारेन्टाईनमा बसेकाहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीको अभाव भइरहेको अवस्थामा छत्रकोट गाउँपालिका ५ स्थायी घरभई हाल काठमाडौं लगायतका विभिन्न स्थानमा बस्ने नेपाली कांग्रेसमा आवद्ध ब्यक्तिहरुले उक्त सहयोग प्रदान गरेका हुन् ।
सहयोग गर्नेहरुमा नेपाली काग्रेस गुल्मी जिल्ला कार्य समितिका पूर्व कार्यवाहक सभापती महासमिति सदस्य तथा नेपाली काग्रेसका नेता रविराज ज्ञवाली र नेपाली काँग्रेस छत्रकोट ५ गाउँ कार्यसमितीका पूर्व सभापती एवं पुर्व क्षेत्रीय सदस्य तथा पुर्व गाविस उपाध्यक्ष नारायणप्रसाद अर्यालको नेतृत्वमा आर्थिक संकलन गरएिको हो ।
स्वास्थ्य सामाग्रीहरु बितरण कार्यक्रममा नेपाली काग्रेस छत्रकोट गाउँपालीका सभापती अनन्त पौडेल, पुर्व गाविस अध्यक्ष तुलसीराम पन्त, नेपाली काग्रेस छत्रकोट ५ का पार्टी सचिव रामप्रसाद कँडेल लगायत नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । गुल्मी छत्रकोट ५ खज्र्याङ् मानकोट हाल काठमाण्डौं बसोवास गर्दै आएका युवाहरु रामप्रसाद भण्डारी, मदन अर्याल अर्जुन कुमार अर्याल, मोहन अर्याल, वोधराज कँडेल, विक्रम ज्ञवाली, मनोज गौतम, गीता अर्याल, प्रदिप कँडेल, अनिल ज्ञवाली, दिवस गौतम, मधु पाण्डे, लक्ष्मण गौतम, अरुण ज्ञवाली लगायतका व्यक्तिहरुले आर्थिक तथा जिन्सी सहयोग गरेका हुन् ।
भारत लगायत अन्य मुलुकबाट आई छत्रकोट ५ खज्र्याङ् र मानकोटमा क्वारेन्टीनमा रहेका दाजुभाइ तथा दिदीवहिनीहरुको स्वास्थ्य समस्मा उत्पन्न हुन नदिनको लागि छत्रकोट गाउपालिका ५ अन्र्तगत मानकोट र खज्र्याङ्गमा क्वारेन्टीनमा रहेका तथा फ्रन्टलाइनमा बसेर काम गर्दै आएका विभिन्न संघ संस्थाहरु, जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरु र स्थानीयहरुको रोहवरमा सर्जिकल माक्स, सेनिटाइजर, थर्मलगन, फिनेल, पिपिइ सेट, प्ल्ढछ माक्स लगायतका स्वास्थ्य सामाग्रीहरु बितरण गरीएको थियो ।

SHARE