तिलाचन पाण्डे
जेठ १६,२०७७ गुल्मी : गुल्मीमा हप्ताको तीन दिन बंैकहरु संचालनमा आउने भएका छन् ।
यस अगाडी बुधबार गुल्मीका बैकहरुमा भीडभाड भएपछि लकडाउनकी कुनै जात्रा भन्ने शिर्षकमा समाचार खबरमार्केट डटकममा प्रकाशन भएपछि भीडभाड कम गर्नका लागि हप्ताको तीनदिन बैकं संचालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
हप्ताको तीन दिन आइतबार ,मंगलबार र बिहिबार बिहान १० बजेदेखि १ बजेसम्म बैंकहरु संचालन गर्नका लागि आग्रह गरिएको प्रशासनले जनाएको छ ।
बैंक सचालन गर्दा सामाजिक दुरी कायम गर्नुपर्ने आवश्यक स्वास्थ्य सुरक्षा अपनाई संचालन गर्नका लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
यो निर्णय जेठ १८ गतेदेखि लागु हुने प्रशासनले जनाएको छ । १८ गतेदेखि जिल्लामा रहेका बैंक , सहकारी र बिमा कम्पनीहरु हप्ताको तीन दिन संचालनमा आउने छन् ।