गुल्मीमा भारतबाट झन्डै १७ सय भित्रिए , परीक्षण गर्ने किट नै अभाब

0
702

तिलाचन पाण्डे
जेठ १६,२०७७  : गुल्मीमा पछिल्लो पाँच दिनको समयमा भारताबाट आउँनेको संख्या १ हजार ६५१ पुगेको छ ।
जस अन्र्तगत रेसुंगा नगरपालिकामा १८० , मुसिकोट नगरपालिकामा २०१ , कालीगण्डकी गाउँपालिकामा , २१ , सत्यवतीमा ९८, चन्द्रकोटमा ८९ , रुरुमा ७९, छत्रकोटमा १८५ , गुल्मीदरवारमा १७४ , इश्मामा १७० , धुर्कोटमा २५० , मालिकामा १०३ र मदाने गाउँपालिकामा १०४ जना गरि कुल १ हजार ६५१ जना गुल्मी भित्रिएका छन् ।
गुल्मी आएकाहरुलाई सम्बन्धित नगर र पालिकाहरुले तयार पारेको क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
स्थानीय सरकारले आरडिटी ब्यबस्थापन , टेक्निकल सर्पोट स्वास्थ्यले
गुल्मीमा तत्कालका लागि भारत लगायतबाट आउनेको कोरोना परीक्षणका लागि स्थानीय सरकारले आरडिटी ब्यबस्थापन गर्ने निर्णय भयो ।
भारत लगायत बिदेशबाट गुल्मी भित्रने संख्या धेरै हुने आंकलन गर्दै कोरोना संकट ब्यबस्थापन केन्द्र गुल्मीले जेठ १० गते तत्काल आरडिटी स्थानीय तहले ब्यबस्थापन गर्ने र टेक्निकल सर्पोट गुल्मी अस्पताल र स्वास्थ्य कार्यलयले गर्ने निर्णय गरेको थियो ।
तर हालसम्म सबै स्थानीय तह स्वास्थ्य कार्यलय गुल्मीको भर पर्दै आएका छन् ।
स्वास्थ्य कार्यलयले ब्यबस्थापन नगरे हामी तयार छौ : दोर्ण खत्री
यता चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले स्वास्थ्य कार्यलयले आरडिटी ब्यबस्थापन गर्न नसेके आफूहरु ब्यबस्थापन गर्न तयार रहेको दाबी गरे ।
उनले हालसम्म स्वास्थ्य कार्यलयले ब्यबस्थापन गर्दै आएको बताउँदै यदि स्वास्थ्य कार्यलयले नसके आफूहरु ब्यबस्थापन गर्ने र त्यसको क्वालिटी र प्रक्रियाको बारेमा स्वास्थ्य कार्यलयले ब्यबस्थापन गरिदिनु पर्ने जनाए । जिल्लामा आवाश्यक पर्ने आरडिटी किट स्वास्थ्य कार्यलयले पुर्याउँछौ भनेपछि पनि आफूहरु ढुक्क भएको खत्रीले बताए ।
खरिद गर्ने प्रक्रियामा रेसुंगा
यता रेसुंगा नगरपालिका गुल्मीले भारतबाट आएका नगरपालिका भित्र १८० जना भएकाले उनीहरुको आरडिटी गर्न स्वास्थ्य कार्यलयले किट अभाब भनेपछि आफूहरु खरिदको प्रक्रियामा रहेको जनाएको छ ।
रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले किट खरिदको प्रक्रियामा रहे पनि आफूहरुलाई रेट र कहाँ पाइन्छ भन्ने थाहा नभएकाले अन्योल सृजना भएको बताएका छन् । यो संगै रुरु र सत्यवती गाउँपालिकाले पनि किट खरिद गर्ने प्रक्रियामा रहेको बताएको छ ।
प्रदेशमै अभाब छ आरडिटी : स्वास्थ्य कार्यलय
गुल्मीका स्थानीय तहहरुले स्वास्थ्य कार्यलय छ भनेर ढुक्क बसिराखेको समयमा स्वास्थ्य कार्यलले भने आरडिटी किट अभाब भएको जनाएको छ ।
स्वास्थ्य कार्यलय गुल्मीका प्रमुख डाक्टर भवानीप्रसाद शर्माका अनुसार प्रदेशमै किट अभाब भएकाले स्थानीय सरकारहरुले किटको ब्यबस्थापन गर्नुपर्नेमा जोड दिए । उनले भारतबाट आउनेको संख्या बृद्धि भइरहेकाले स्वास्थ्य कार्यलयले आरडिटी किट ब्यबस्थापन गर्न सक्ने अबस्था कम भएको बताए ।
स्थानीय तहहरुले आरडिटी किट ब्यबस्थापन गरिदिन भन्दै फोन गरेकाले त्यसलाई आफूहरुले सहजिकरण गर्न तयार रहेको शर्माले दाबी गरे ।

SHARE