
जेठ १५,२०७७ गुल्मी :गुल्मीमा कोरोना संक्रमित धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलको सम्पर्कमा आएका ४४ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ ।
सोमबार पोखरेललाई कोरोना संक्रमण भएपश्चात मंगलबार उनको सम्पर्कमा आएका ४४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो ।
उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यलय गुल्मीका सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिए । आइतबार जिल्ला समन्वय समिति गुल्मीले आयोजना गरेको एक बैठकमा स्थानीय तहका प्रमुखहरु , प्रमुख जिल्ला अधिकारी , सुरक्षा निकायहरु ,सहभागी थिए ।







