क्वारेन्टाइनमा खाना पुर्याए तीन सय रूपैयाँ

0
339

जेठ १५,२०७७ गुल्मी  : गुल्मीको मालिका गाउँपालिकाले क्वारेन्टाइनमा खान पुर्याए दिनको तीन सय रुपैयाँ प्रदान गर्ने भएको छ ।
क्वारेन्टाइनमा बस्ने सबैलाई गाउँपालिकाले खान बस्नको व्यवस्था गरेता पनि समूहमा खाना खाँदा संक्रमण बढ्ने र खाना गुणस्तरीय नहुने भन्दै क्वारेन्टाइनमा बस्नेलाई घरबाटै खाना पुर्याउन आग्रह गरेको छ ।
क्वारेन्टाइनमा बसेकाहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि घरबाटै गुणस्तरीय खाना उपलब्ध गराउन सबैलाई आग्रह गरिएको र खाना उपलब्ध गराए बापत गाउँपालिकाले प्रतिब्याक्ति दैनिक तीन सय रुपैयाँ प्रदान गर्ने निर्णय गरेको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए ।
क्वारेन्टाइनमा बसेकाहरुलाई घरबाटै खानाको व्यवस्था गर्दा खाना व्यवस्थापनको झन्झट कम हुने र गुणस्तरीय हुने मालिका गाउँपालिका प्रवक्ता तथा शोभाखर गिरीले जानकारी दिए ।
हाल मालिका गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा भारतसहित नेपालका विभिन्न जिल्लाबाट आएका ८७ पुरुष र १२ महिला गरि ९९ जना रहेका छन । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मालिका गाउँपालिकाले जनाएको छ ।

SHARE