जेठ १५,२०७७ गुल्मी : देश लकडाउनमा रहेका बेला सबैलाई पैसाको आबश्यक पर्छ , सबैले पैसाको जोहो गरेर राख्छन् ।
एक हप्ता पछि खुलेको गुल्मीको तम्घासमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा बुधबार चार सय जनाले सेवा लिएको बैंकले जनाएको छ ।
बुधबार बैकमा एक भीडभाड देखिन्थ्यो भीडलाई ब्यबस्थापन गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरी समेत परिचालन गरिएको थियो ।
बैंकबाट सेवा लिने सेवाग्राहीहरु अत्याधिक भएपछि बैंकका कर्मचारीहरुले खाजा खाने समेत फुर्सद पाएनन् । सेवा लिने सेवाग्राहीहरु सदरमुकाम तम्घास आसपास लगायत , रिमुवा , वामीटक्सार ,जुभुङ,लगायतका रहेको बैंकले जनाएको छ ।
बुधबार सदरमुकाम तँघासमा रहेका अन्य बैंकहरुमा समेत भीडभाड देखिन्थ्यो ।