हावाहुरीले क्वारेन्टाइन व्यवस्थापनमा चुनौति

0
309

हुमाकान्त पोखरेल
जेठ १५,२०७७ गुल्मी :  गुल्मीमा हावाहुरीले विध्यालयको छाना उडाएपछि क्वारेन्टाइन व्यवस्थापनमा चुनौति थपिएको छ ।
जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ स्थित रातचौर प्राथमिक विध्यालयमा बिहिबार भारतबाट आउने १२ जनालाई व्यवस्थापन गर्नको लागि ४ वटा कोठामा क्वारेन्टाइन बनाइएको थियो ।
दिउँसो आएको हावाहुरीले विध्यालयको तीन कोठे भवनको छाना उडाएको हो । यसरी छाना नै उडाएपछि भारतबाट आउनेहरूको व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको उक्त विध्यालयका क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक बाबुराम पन्थीले जानकारी दिए ।
उनीहरूको लागि आवश्यक पर्ने बेडका कपडा समेत पानीले भिजेकोले थप समस्या भएको पन्थीले बताए। हावाहुरीसँगै आएको पानीले विध्यालयका महत्त्वपूर्ण कागजपत्र, बाल विकासका विभिन्न सामग्रीहरू, खेलौनाहरू लगायतका सामग्रीमा क्षति पुर्याएको छ ।
भारतबाट आउनेहरूको व्यवस्थापन चुनौतिपूर्ण हुने भन्दै अन्य ठाँउमा राख्नेबारे छलफल भइरहेको इस्मा गाउँपालिकाले जनाएको छ ।

SHARE