गुल्मीका स्थानीयतहका प्रमुख र राजनैतिक दलका प्रमुखहरु होम क्वारेन्टाइनमा

0
416

जेठ १३,२०७७ गुल्मी : जिल्ला समन्वय समिति गुल्मीले स्थानीय तहका प्रमुख र राजनैतिक दलका प्रमुखहरुलाई होम क्वारेन्टाइनमा बसेको जनाएको छ ।
आइतबार जिल्ला समन्य समिति गुल्मीले भारत लगायत बिदेशबाट फर्केकाहरुलाई कसरी ब्यबस्थापन गर्न सकिन्छ भन्नेबारेमा सबै पालिकाका प्रमुख र राजनैतिक दलसंग बैठकको आबहन गरेको थियो ।
गाउँपालिकाका अध्यक्षलाई नै कोरोना संक्रमण भएपछि सो बैठकमा सहभागी सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको र आफू पनि होम क्वारेन्टाइनमै रहेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले जानकारी दिए ।
अहिले सो बैठकमा सहभागी सबै गाउँ नगरपालिकाका प्रमुख , राजनैतिक दलहरु र गाउँपालिका , नगरपालिकाका चालकहरु पनि होम क्वारेन्टाइनमा रहेको बताइएको छ ।
यता जिल्लाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले आफू होम क्वारेन्टाइनमा बसेको र चालकलाई पनि होम क्वारेन्टाइनमै बसालिएको जानकारी दिए ।
यस्तै सोही बैठकमा सहभागी नेकपाका जिल्ला सचिब बिरबहादुर कार्की पनि होम क्वारेन्टाइनमै बसेको बताए । संक्रमितको सम्पर्कमा रहेका ४४ जनाको स्वाब संकलन गरि परीक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देही पठाइएको स्वास्थ्य कार्यलय गुल्मीका प्रमुख भबानीप्रसाद शर्माले जानकारी दिए ।

SHARE