जेठ १३,२०७७ गुल्मी ः गुल्मीमा हप्ताको दूई दिन बैंकहरु संचालनमा आउने भएका छन् ।
जिल्ला प्रशासन कार्यलय गुल्मीका अनुसार यस अगाडी हप्ताको एक दिन संचालनमा रहेका बैंकहरुलाई एक दिन थप गरी हप्ताको दुई दिन संचालन गर्ने निर्णय भएको जनाएको छ ।
हप्ताको दुई दिन आइतबार र बुधबार बिहान १० बजेदेखि १ बजेसम्म बैंकहरु संचालन गर्नका लागि जिल्ला संकट ब्यबस्थापन केन्द्र गुल्मीको बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यलय गुल्मीका सूचना अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार बैंकमा भिडभाड नगरी , सामाजिक दुरी कायम गर्दै हप्ताको २ दिन बैंक संचालन हुने जानकारी दिए ।