गुल्मीका थप २ जनामा कोरोना संक्रमण पुष्टि , एक जना जनप्रतिनिधि

0
504

जेठ १३,२०७७ गुल्मी  : गुल्मीमा थप २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
दुई जना मध्ये एक जना जनप्रतिनिधि रहेको र एक जना भारतबाट आई धुर्कोट गाउँपालिकाको क्वारेन्टाइनमा बसेको कार्यलयले जनाएको छ ।
उनीहरु ३६ र ३७ बर्षका रहेका छन् र उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ । उनीहरुलाई सदरमुकाम तम्घासमा रहेको आइसुलेसनमा राखेर उपचार गरिने स्वास्थ्य कार्यलय गुल्मीका प्रमुख भवानीप्रसाद शर्माले जानकारी दिए ।
सिडिओ देखि पत्रकार सम्मको स्वाब संकलन
गुल्मीमा जनप्रतिनिधिलाई कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका सिडिओ देखि पत्रकार सम्मका ४४ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
जनप्रतिनिधिको सम्पर्कमा आएका जिल्लाका प्रमुख जिल्ला अधिकारी , जिल्ला समन्वय प्रमुख , कार्यलय प्रमुखहरु र पत्रकार लगायत ४४ जनाको स्वाब संकलन गरिएको र स्वाबलाई प्रादेशिक प्रयोगशाला रुपन्देहीमा परीक्षणका लागि पठाइने शर्माले जानकारी दिए ।
मृतक शिक्षकको सम्पर्कमा आएका एक जनामा कोरोना
कोरोना संक्रमणबाट मृत्यु भएका शिक्षकको सम्पर्कमा आएका एक जनाको कोरोना परीक्षण रिर्पोट पोजेटिभ आएको छ ।
जिल्लाको मदाने गाउँपालिका पुर्कोटदहका ४१ बर्षिय पुरुषको उपचारको क्रममा क्रिमशन अस्पाताल रुपन्देहीमा मृत्यु भएको र उनको सम्पर्कमा आएका ३० जना मध्ये एक जनाको रिर्पोट पोजेटिभ आएको मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए ।
उनको सम्पर्कमा आएका एक जनाको सदरमुकाम तम्घासमा रहेको आइसुलेसनमा राखेर उपचार भइरहेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
यो संगै गुल्मी जिल्लामा मृतक शिक्षक सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

SHARE