पहिलो पटक अर्घाखाँचीका २ जनामा कोरोना संक्रमण

0
434

जेठ १२,२०७७ गुल्मी  : अर्घाखाँचीमा पहिलो पटक २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको पिसिआर परीक्षणमा अर्घाखाँची पाणिनी ८ का १९ र ४३ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु कमला माबिको क्वारेन्टाइनमा बस्दै आएका थिए । भने उनीहरु जेठ २ गते भारतबाट नेपाल आएका थिए ।
यस्तै गुल्मीमा पनि थप २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनीहरु धुर्कोट गाउँपालिकाका रहेको बताइएको छ । उनीहरुको पहिचान हुन बाँकी रहेको छ ।

SHARE