बर्दियाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

0
330
विमला ढकाल,
बर्दिया, जेष्ठ १२ : भारतबाट आएका बर्दियाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ पहिलो हप्ता भारतबाट रोजगारी गरेर घर फर्किएका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका वडा नम्बर १ का १८ वर्षका एक पुरुष र वडा नम्बर १० का २४ र २२ वर्षीय २ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित मध्ये १ जना जिल्ला अस्पतालको आइसुलेसनमा र २ जना नेरा मावि प्रयागपुरको क्वारेन्टाइनमा बस्दै आएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक कृष्ण गोपाल चौधरीले जानकारी दिए । संक्रमित ३ व्यक्तिलाई उपचारको लागि दाङ पठाउने तयारी गरिएको जिल्ला स्वास्थय कार्यालय बर्दियाका प्रमुख गोकर्ण गीरीले बताए ।
बर्दियामा कोरोना संक्रमितको संख्या ७ पुग्यो
यो संगै बर्दियामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । यस अघि बर्दियाका राजापुरमा १ जना, गुलरियामा १ जना त्यस्तै बासगढिमा र बढैयाताल गाउँपालिकामा १, १ जना संक्रमित फेला परिसकेका छन् ।
भाइरस संक्रमितको संख्या बढेसँगै बर्दियामा थप कडाई गरिएको छ । आइसुलेसनमा रहेका १ जनामा संक्रमण पुष्टि भएसंगै अस्पतालको आइसोलेसँन सिल गरी इमर्जेन्सी बाहेक सबै सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले बताए । बर्दियामा कोरोना संक्रमित फेला परेपछि बर्दियाको सिमाना सील गर्दै कडाई गरिएको हो ।
आइसुलेसन वार्ड थपिदै
यस्तै बर्दियाका संक्रमितको संख्या बढ्न थालेसंगै थप आइसुलेसन वार्ड निर्माणको तयारीमा जुटेको प्रजिअ लामीछानेले बताए । केहि दिनमै बर्दियामा ७५ वार्डका आइसुलेसन तयार हुने उनको भनाई छ । बर्दियाको ठाकुरबाबा, गुलरिया, बाँसगढी र बारबर्दिया नगरपालिकामा आइसुलेसन वार्ड बनिरहेको उनले बताए ।
बाँके जिल्लाबाट भइरहेको आवागमन तथा ढुवानीलाई थप कडाई गरिएको समेत प्रजिअ लामिछानेले बताएका छन् । संक्रमण जिल्लामा विस्तारै फैलिरहेकाले सावधानि अपनाउन प्रजिअ लामीछानेले सम्पुर्ण स्थानियलाई आग्रह समेत गरेका छन् ।
SHARE