गुल्मीदरबार गाउपालिकाको पहलमा  सिमामा अलपत्र ५५ जनाको उद्दार

0
631

रामकृष्ण कडेल,

जेठ १२ गुल्मी :  गुल्मीदरबार गाउपालिकाको पहलमा भारतका बिभिन्न ठाउँ बाट आइ सुनौलि नाकामा अलपत्र परेका ५५ जनालाइ उद्दार गरिएको छ्।
जसमा गुल्मिदरबार १ बलिथुमका ३ जना वडा नम्बर २ जुभुङ्गका ८ जना वडा नम्बर ३ गौडाकोटका १९ जना वडा नम्बर ४ बिरबासका ६ जना वडा नम्बर ५ अमर अर्बाथोकका ६ जना वडा नम्बर ६ दरबार देबिस्थानका ४ जना र वडा नम्बर ७ का ९ जना गरि कुल ५५ जना रहेका छ्न ।
बिश्वब्यापि रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को सन्क्रमणबाट रोजगार गुमाइ नेपाल भारतको सीमा नाका सुनौलिमा आइ अलपत्र परेका गुल्मीदरबार गाउँपालिकाका बिभिन्न वडाका ५५ जनालाइ गाउपालिकाले बस सुनौलि नाकामा पठाइ शनिवार राति गाउपालिकाको म्यालपोखरि माबिमा स्थापना गरिएको क्वारेन्टाइनमा ल्याइ राखिएको गुल्मिदरबार गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले जानकारी दिए ।
अझै पनि बिभिन्न माध्यमबाट सीमा नाकामा आइ गाउपालिका सङ्ग सम्पर्क गर्ने गाउपालिका भित्रका ब्याक्तिहरुलाइ गाउपालिकाले ल्याउने कार्यलाइ निरन्तरता दिइने पनि बस्नेतले बताए ।
अहिले उक्त क्वारेन्टाइनमा चारपाला प्रहरि चौकि बाट खटिएको सुरक्षाकर्मिको टोलि , गाउपालिका भित्रका स्वास्थ्यकर्मी , स्वयमसेवक लगाएतको टोलि २४ सै घण्टा खटिइरहेको स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्याले जानकारी दिए ।गुल्मीदरबार गाउपालिकाको कार्यपालिकाको जेठ ६ गते बसेको बैठकले भारत तथा अन्य तेश्रो मुलुक र देश भित्रकै पनी संक्रमण फैलिएको स्थान र त्यसको वरपर बाट आउने अर्थात नेपाल सरकारले तोकेको रेड जोन बाट गाउँपालिका भित्र आउने जो कोहिलाइ पनी म्यालपोखरी माध्यमिक विध्यालय गौडाकोटमा स्थापना गरिने गाउँपालिका स्तरिय क्वारेन्टाईनमा राख्ने र देश भित्रका अन्य संक्रमण नफैलिएका स्थान अर्थात नेपाल सरकारले तोकेको रेड जोन भन्दा बाहिर बाट गाउँपालिका भित्र आउने जो कोहिलाइ पनी यस अघि नै संचालनमा आएका प्रत्येक वाडहरुमा रहेका क्वारेन्टाईनमा राख्ने निर्णय गरे बमोजिम शनिवार राति र आइतवार बिहान भारतबाट आएका सम्पुर्णलाइ म्यालपोखरि माबि गौडाकोटमा राखिएको गाउपालिका अध्यक्ष अशोक कुमार थापाले जानकारी दिए ।
गुल्मीदरबार गाउँपाकिाका बिभिन्न क्वारेन्टाईनमा हालसम्म ३१ जनाको आरडिटि परिक्षण गरि सबैको रिपोर्ट नेगेटिभ आएकोले डिस्चार्ज गरिसकिएको स्वास्थ्य अधिकृत अर्यालले बताए।
आइतबार बिहान सम्पुर्ण क्वारेन्टाइनमा रहेकाहरुलाइ स्वास्थ्यकर्मि टोलिले ज्वोरो मापन गरिएको छ उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मी प्रकाश अधिकारिले जानकारी दिए ।
अहिले म्यालपोखरि माबि क्वारेन्टाइनमा रहेका सम्पुर्ण बेड भरिएकोले रुन्खा दह माबिमा गाउपालिका स्तरिय क्वारेन्टाइन निर्माण गर्न लागिएको स्वास्थ्य अधिकृत अर्यालले जानकारी दिए ।

SHARE