कोरोनाबाट मृत्यु भएका गुल्मीका शिक्षकको सम्पर्कमा आएका एक जनाको रिपोर्ट पोजेटिभ

0
363

जेठ १०,२०७७ गुल्मी :  गुल्मीमा कोरोना संक्रमणबाट मृत्यु भएका शिक्षकको सम्पर्कमा आएका एक जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
जिल्लाको मदाने गाउँपालिका वडा नं ६ पुर्कोट दहका ४१ बर्षिय पुरुषको सम्पर्कमा आएका एक जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यलय गुल्मीका प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए ।
प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गत सोमबार ४१ बर्षिय पूरुषमा संक्रमण देखिए पछि उनको सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देही पठाइएको थियो ।
३० जना मध्ये ३ जनाको रिर्पोट आउँन बाँकी रहेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।

SHARE