
जेठ १०,२०७७ गुल्मी : जिल्लाका ४ स्थानीय तहलाई गुल्मेली एक ब्याक्तिले ३२० थान थान आरडिटी किट निशुल्क प्रदान गरेका छन् ।
गुल्मीको मालिका गाउँपालिका वडा नं ५ छापहिले घर भई काठमाण्डौमा बस्दै आएका भिमकान्त भण्डारीले मदाने , मालिका ,इश्मा र धुर्कोट गाउँपालिकालाई ८० थानका दरले आरडिटी किट निशुल्क रुपमा सहयोग गरेको उनले बताए ।
पछिल्लो समयमा भारतबाट आउने नेपालीहरुको संख्या बढदै गएको र आरडिटी किटको समस्या हुन सक्ने भन्दै परीक्षणमा केही मात्रामा भएपनि सहयोग होस भन्ने हिसाबले सहयोग गरेको भण्डारीले बताए ।
उनले केही हप्ता भित्रैमा गुल्मीका १२ वटै स्थानीय तहहरुलाई १ सय थानका दरले आरडिटी किट निशुल्क रुपमा पठाउने जानकारी दिए ।
यता मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले गाउँपालिकालाई ८० थान आरडिटी किट निशुल्क रुपमा सहयोग गरेकोमा धन्यबाद ब्यक्त गरेका छन्।








