मृतक शिक्षकका गाउँले २५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

0
347

जेठ ९,२०७७ गुल्मी  :कोरोना संक्रमणका कारण ज्यान गुमाएका गुल्मीको मदाने गाउँपालिकाका शिक्षकका गाउँलेको पिसिआर् रिपोर्ट नेगेटिभ आएको छ ।
सोमबार कोरोना पुष्टि हुँदाको अर्को दिन नै जिल्ला स्वास्थ्य कार्यालयको समुहले उक्त शिक्षकसँग प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरी पिसिआरको लागि प्रादेशिक प्रयोगशाला रुपन्देही पठाएको थियो ।
जसमा मृतकका परिवार, बैंकका कर्मचारी, स्थानीय क्लिनिक संचालक लगायत रहेका थिए । जसमध्ये पाचँ जनाको रिपोर्ट आउँन बाँकी रहेको र २५ जनालाई कोरोना संक्रमण नभएको रिपोर्ट आएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए ।
मदाने गाउँपालिका ६ पुर्कोट दहस्थित एक विद्यालयमा अध्यापनरत शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको तीन दिनपछि ज्यान गएको थियो । तर उनलाई कसरी पुष्टि भयो भन्नेबारे भने सबै अनविज्ञ छन् । गाउँमा भारतबाट केहि नागरिक आएका थिए । तर उनीहरु घर आएको ५० दिनभन्दा बढी भइसकेको छ । भने सुरुमा १४ दिनसम्म क्वारेन्टाइनमा बसेका थिए ।
शिक्षकमा कोरोना भेटिएसँगै मदाने गाउँपालिका पूर्णरुपमा शिल गरिएको छ ।

SHARE