गुल्मीमा कोरोना भाइरस बिरुद्धको बीमा सुरु, मैत्री सहकारीले ४० कर्मचारीको ग¥यो बीमा

0
460

टोपलाल अर्याल
गुल्मी, जेठ ८,२०७७  :सगरमाथा इन्सोरेन्स कम्पनी गुल्मी शाखाले पहिलो पटक कोरोना भाइरस बिरुद्धको बीमा सुरु गरेको छ ।
कम्पनीले मैत्री सहकारी संस्थाका ४० जना कर्मचारीहरुको एक लाख बराबरको बीमा गरेको हो ।
बिहिबार सहकारीको तर्फबाट कार्यकारी प्रमुख अर्जुन प्रसाद आचार्यले कर्मचारीहरुको बिमा गरेका हुन् । कोरोना संक्रमण जिल्लामा समेत देखिएकाले काम गर्ने कर्मचारीहरुको बढि जोखिममा पर्ने भएकाले बीमा गरिएको आचार्यले बताए ।

कम्पनीले कोरोना बिरुद्धको एक लाख बराबरको बीमा प्रति व्यक्ति एक्लैले लिन परेमा बार्षिक एक हजार, परिवार वा संस्थाहरुले लिन परे प्रति सदस्य बार्षिक ६ सय तिर्नुपर्ने व्यावस्था रहेको कम्पनीको शाखा प्रमुख रमेश अधिकारीले जानकारी दिए ।
त्यस्तै ५० हजार बराबरको बिमा प्रति व्यक्ति लिन परेमा बार्षिक पाँच सय र परिवार वा सस्थाको हकमा प्रति सदस्य तीन सय बुझाउनु पर्ने अधिकारीले बताए । उनले यो बिमा लेख बिमा कम्पनीद्धारा नयाँ बनाइएकाले बीमा गरेर जोखिम कम गर्न सवैलाई आग्रह गरे ।

SHARE