तीन हजार लिटर अबैध घरेलु मदिरा नष्ट

0
377

जेठ ८,२०७७ अर्घाखाँची  : अर्घाखाँची प्रहरीले अबैध घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरेको छ ।
बिशेष सूचनाका आधारमा जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं १ र २ का बिभिन्न स्थानबाट करिब तीन हजार लिटर अबेध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए ।

SHARE