लकडाउनकै बिच उच्च सर्तकता अपनाउँदै विकास निर्माणका काममा बर्दियाका स्थानीय

0
310

विमला ढकाल,

जेठ ८ ,२०७७ बर्दिया  :लकडाउनकै विच उच्च सर्तकता अपनाउदै बर्दियाका स्थानीय विकास निर्माणका काममा जुटेका छन् ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाका स्थानीयहरु सामाजीक दुरी कायम गर्दै नगरभित्रका विकास निर्माणका काममा जुटेका हुन् ।
बर्दियाको ठाकुरबाबा नगरपालिकामा बुधबारबाट प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भयो । कार्यक्रम अन्तर्गत ठाकुरबाबा नगरपालिकाको वडा नम्बर २ मा बुधबारदेखि १२१ जनालाई रोजगार प्रदान गरियो ।
अति विपन्न परिवारलाई विकास निर्माणका काममा लगाएर नगरबासीलाई रकम प्रदान गरिने भएपछि विपन्न परिवारका स्थानीय काममा जुटेका हुन् ।
नगरपालिकाका नौ वटै वडाबाट रोजगार प्रदान गरिएको छ, सबै वडामा काम सुरु भइसकेको नगरपालिकाले जनाएको छ । ठाकुरबाबा नगरपालिका वडा नम्बर २ सतघरुवा गाउँबाट बुधवार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत नयाँ बाटो निर्माणको ट्रयाक खोल्ने र कुलो निकाल्ने कार्य सुभारम्भ भएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए ।
गत वर्ष कामका लागि फारम भरेकाहरु मध्ये अति विपन्न घरपरिवारलाई छनौट गरि रोजगार प्रदान गरिएको छ । छनोट भएकाहरुलाई विकास निर्माणको काममा रोजगार प्रदान गर्ने र त्यसबापत दैनिक ५१७ रुपैयाँ तलब भत्ता प्रदान गर्ने वडा नम्बर २ का वडा सचिव केशव खनालले जानकारी दिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि यस वर्ष झण्डै ७५० जनालाई रोजगारी दिने योजना रहेको प्रशासकिय अधिकृत रामहरि रिजालले बताए । रोजगारीका लागि छनौट भएकाहरुलाई सडक, विद्यालय, कुलो, वडा कार्यालयको भवन निर्माण लगायतका काममा खटाइने छ ।
यस्तै विश्वभर फैलिएको कोरोना भाइरसका कारण देशभर लकडाउन घोषणा गरेका बेला अति विपन्नलाई खाद्यान्न होइन रोजगार कार्यक्रम पनि नगरपालिकाले सुरु गर्ने भएको छ ।
लकडाउनका बेला नौ वटै वडाका अति विपन्न घरपरिवारकालाई राहतको साटो रोजगार दिन लागीएको हो । जसका लागि एक वडामा झण्डै ५ लाख पर्ने गरि नगरपालिकाले ४५ लाख रकम छुट्याएको बताइएको छ ।
नगरपालिकाको ९ वटै वडाका झण्डै १ हजार ५ सय जनाले १५ देखि २० दिन सम्म काम गर्नु पर्ने र काम वापतको रकम प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

SHARE