कोरोनाको त्रासमा रहेका बर्दियाबासि, कोरोना विशेष अस्पतालको माग गर्दै

0
581

विमला ढकाल,

बर्दिया, जेठ ७,२०७७ बर्दिया  : गत सोमबार बर्दियाकि एक बालिकामा कोरोना सङ्क्रमण पुष्टि भयो । बर्दियाको राजापुरमा क्वारेन्टाइनमा बसिरहेकि उनलाई झण्डै २० घण्टापछि उपचारका लागि बाँकेको नेपालगन्ज लगियो ।

बाँकेमा सङ्क्रमितले वेड भरिभराउ भएपछि उनलाई उपचारका लागि दाङ लिने तयारी गरियो । तर दाङमा भने सङ्क्रमण नफैलियको जिल्लामा अन्य जिल्लाका सङ्क्रमित राख्न नदिने भन्दै विज्ञप्ति निकालियो । बाँकेमा सङ्क्रमण अत्याधिक मात्रमा फैलिरहेको र दाङले विज्ञप्ति जारी गरेसङ्गै तर्सिरहेका बर्दियाबासि अहिले बर्दियामै कोरोना विशेष अस्पतालको माग गरिरहेका छन् ।
दाङ्गको शान्तिनगर गाउँपालिकाको विज्ञप्ति एवं बर्दियाबाट टाढाको दुरि, बाँकेमा थप व्यक्तिलाई उपचार गराउन नसकिने अवस्था समेतलाई मध्यनजर गर्दै बर्दियाका राष्ट्र सेबकबाट संकलित सहयोग, अन्य दाताबाट सहयोग आह्वान संकलन गर्न सकिने भन्दै बर्दियामा कोरोना विशेष अस्पतालको माग गरिएको हो ।
बर्दियामा सङ्क्रमित भेटिएकि उक्त बालिका जस्तै अन्यमा सङ्क्रमण फैलियपछि बर्दियाका बिरामीले सजिलै उपचार पाउने सम्भावना कम छ । यस्तो अवस्थामा बर्दिया जिल्लामै आईसोलेसन सहितको कोरोना बिशेष अस्पताल तत्काल निर्माणका लागि बर्दियाका सम्पुर्ण राजनीतिक दल र जनप्रतिनिधिहरूको ध्यान जान जरुरी देखिन्छ ।
बर्दियामा कोरोना अस्पताल निर्माण गर्नुपर्छ
बर्दियामा तत्काल कोरोना विशेष अस्पताल निर्माण गर्नुपर्ने नेपाल रेडक्रस सोसाईटी ठाकुरबाबा उपशाखा बर्दियाका सभापति यज्ञ नेपालले बताए ।
यसअघि कैलाली र बाँकेमा कोरोना संक्रमित पुष्टि भएपछी बर्दिया जिल्ला उच्च जोखिममा रहेको भन्दै कोरोना बिषेश अस्पताल संचालनका लागि पहल गर्न बर्दिया जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालय बर्दियालाई संवाद समुह बर्दियाले पनि आग्रह गरेको थियो ।
कोरोना अस्पताल बनाउनका लागि अधिकासं स्रोत बर्दियामै भएकाले कारोना अस्पताल बनाउन सम्भब हुने भन्दै तत्काल अस्पताल बनाउन माग गरिएको हो ।
अस्पताल निर्माणमा लागि आर्थिक स्रोत जिल्लामै

अधिकाँश आर्थिक स्रोत जिल्लामै छ, तत्काल बनाउन सकिन्छ एस अघि जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकिय अधिकृत रहेका हाल बर्दिया बढैयाताल गाउँपालिका प्रशासकिय अधिकृत अर्जुन सुबेदीले सामाजिक संलालमा लेख्दै बर्दियामा कोरोना हस्पिटल बनाउन आर्थिक अभाव देखिन्न, स्रोत जिल्लामै छ भन्दै तत्काल बनाउँन आग्रह गरे ।
बर्दियामा कोरोना हस्पिटल बनाउने निर्णय अत्यन्तै सकारात्मक छ ।
बाँके जिल्लामा बढेको संक्रमित संख्याका कारण अब बाँके कै उपचार गर्न कठिन छ । बर्दियामा हस्पिटल बनाउनु नै पर्छ । आर्थिक स्रोत पहिलो महत्त्वपूर्ण बिषय भएकाले बर्दियामा अस्पताल बनाउन आर्थिक अभाव नहुने उनले बताए ।

जिल्ला बिपद् ब्यबस्थापन कोषमा रहेको करिब ३ करोड ५० लाख रकम मध्येबाट केहि रकम जिल्ला बिपद् ब्यबस्थापन समितिको निर्णयबाट छुट्याउन सकिने, २०७२ सालको बाढिमा स्थानीय दाताबाट संकलित एभरेस्ट बैंक गुलरियामा रहेको २७ लाख रकम पुरै,मालपोत कार्यालय गुलरिया र राजापुरबाट स्थानीय तहलाइ जाने रजिष्ट्रेसनको करिब १० दस करोड रकम, स्थानीय पालिकाहरुबाट प्रत्येक पालिकाले १० लाखका दरले ८ वटा पालिकाबाट ८० लाख रकम कोरोना विशेष अस्पतालका लागि छुट्याउन सक्ने उनले बताए ।

यस्तै बर्दियाका राष्ट्र सेबकबाट संकलित सहयोग, अन्य दाताबाट सहयोग आह्वान संकलन गर्न सकिने र संघ प्रदेश संग केहि अपुग रकम माग गर्न सकिने उनको भनाइ छ ।
यस्तै आफुले केहीदिन पहिले उठान गरेको बर्दियामा कोरोना बिशेष अस्पताल निर्माण साथै स्थानीय स्तरमा कोरोनाको आकस्मिक उपचार केन्द्र बनाउँने बिषय अब अत्यावश्यक र अपरिहार्य बन्दै गएको नेपाल रेडक्रस सोसाईटी ठाकुरबाबा उपशाखा बर्दियाका सभापति यज्ञ नेपालले बताए । अब ढिला नगरौं, उनले भने, कोरोना फैलिएमा उपचारमा समस्या आउन सक्छ । त्यसकारण समयमै विचार पुर्याउन जरुरी छ।

राजापुरबासि भन्छनः कोरोना विशेष अस्पताल तत्काल बनाउनुु पर्छ

बर्दियाको राजापुर नगरपालिकाका स्थानीयबासीले कोरोना बिषेश उपचार केन्द्र अस्पताल स्थापनाको माग गरेका छन् । राजापुर नगरपालिका वडा नम्वर ५ की कोभिड १९ संक्रमित बालिकाको उपचारका क्रममा खजुरा स्थित अस्पतालमा बेड नपाएर दाङ पठाउँदा भर्ना नलिएपछि झस्किएका राजापुरबासीले कोरोना विशेष अस्पताल स्थापना गर्न प्रदेश सरकारसँग माग गरेका हुन् ।
बर्दिया उद्योग वाणिज्य संघ राजापुर, स्थानीय संघ संस्था, सहकारी, युवा क्लव, संचार क्षेत्र लगायत नागरिक समाजले ५ नम्बर प्रदेशका मुख्यमन्त्रीलाई कोरोना नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत ज्ञापनपत्र बुझाएको राजापुरका एक स्थानीयले बताए ।
ज्ञापनपत्रमा राजापुरकी ११ वर्षीया बालिका संक्रमित हुँदा बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालमा ठाउँ अभावले दाङमा स्थापित कोरोना उपचार अस्पतालमा उपचारका लागि अनुरोध गर्दा समेत संक्रमण फैलिन सक्ने डरले सम्वन्धित गाउँपालिका अध्यक्षले विज्ञप्ती नै जारी गरी अवोध बालिकाको उपचारमा ढिलाइ भएको भन्दै आफुहरुको मन रोएको विज्ञप्तीमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालय बर्दिया र स्वास्थ्य कार्यालय बर्दियाले पहल थाल्ने जनाएको छ ।

सङ्क्रमण फैलिएमा उपचारमै समस्या आउने

छिमेकी जिल्ला बाँकेमा दिनप्रति दिन कोरोना संक्रमित बढ्दै जाँदा र छिमेकी मुलक भारतबाट बर्दियाबासी जिल्ला भित्रिने क्रम बढेसंगै उच्च जोखिममा रहेको बर्दिया जिल्लामा थप समस्या आउन नदिनका लागि कोरोना विषेश उपचार केन्द्र आवश्यक रहेको स्वास्थ्यकर्मीले जनाएका छन् ।
बर्दिया अहिले उच्च जोखिममा रहेको र तत्काल कोरोना विशेष अस्पताल निर्माण नगरेमा बर्दियाबासिले ठुलो सङ्कट बेहोर्नुपर्ने भन्दै स्थानीय त्रसित बनिरहेका छन् ।

छिमेकी जिल्ला बाँकेसङ्ग जोडिएका बर्दिया

छिमेकी जिल्ला बाँकेसङ्ग जोडिएका बर्दियाका बाँसगढि नगरपालिका र बढैयाताल गाउँपालिकाका सिमाना पुर्ण रुपमा लक गरिएका छन् ।आवतजावत पुर्णरुपमा प्रतिबन्ध गरिएको छ।
साबधानि अपनाएपनि बर्दियामै २ जनामा कोरोना पाजेटिभ भेटिसकेको र छिमेकी जिल्लामा दिनप्रतिदिन सङ्क्रमितको बढ्दै गएकाले बर्दियामा थप त्रास फैलिएको छ ।

SHARE