कोरोना सङ्क्रमित संगै आएका बर्दियाका ९ जनाको पहिचान

0
475

विमला ढकाल

जेठ ७,२०७७ बर्दिया  : दैलेखका कोरोना सङ्क्रमितसङ्गै आएका बर्दियाका ९ जनाको पहिचान भएको छ ।
दैलेखको आठबीस नगरपालिका– १ सात्तलाका युवालाई दैलेख सात्तला पुर्याएर फर्केको बसमै चढेर बर्दियाका ९ जना घर आएकाा थिए। उनीहरु ९ जनाकै पहिचान भइसकेको छ ।उनीहरु सबै ठाकुरबाबा नगरपालिकाका हुन् ।

ठाकुरबाबा नगरपालिका वडा नं २ कर्मलामा ७ जना, वडा नं ३ नेउलापुरका एक जना र वडा नं ५ का एक जना रहेको ठाकुरबाबा नगरपालिकाले जनाएको छ ।
सङ्क्रमित सङ्गै फर्केका उनिहरुको घर क्षेत्र र गाउँमा आवतजावतमा पुर्ण रुपमा प्रतिवन्ध गरिएको छ । ठाबुरबाबा विपत व्यवस्थापन समितिको निर्णय अनुसार अहिले उनीहरुको घर रहेको कर्मला, नेउलापुर र बनबिरपुर गाउँमा आवतजावत निषेध गरिएको हो । दैलेखबाट घर फर्केका सबैलाई सेल्फ क्वारेन्टाइनमा बस्न लगाइएको छ । घरका सदस्यहरुलाई पनि सर्तकता अपनाउन भनिएको छ ।
पालिकामा पनि उच्च सर्तकता अपनाइएको छ । पिसीआर परीक्षणका लागि ९ जनाको स्वाब संकलन गर्नका लागि स्वास्थ्य कार्यालय गुलरियामा अनुरोध गरिएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ ।
दैलेखका ३९ जना युवा भारतको आग्राबाट कञ्चनपुर वनवासा नाका हुँदै आएका थिए ।
सीमा नाकामा अलपत्र परेपछि आठसीस नगरपालिकाले उनीहरुलाई जेठ १ गते उद्धार गरि दैलेख सात्तला पुर्याएको थियो ।

SHARE