कालीगण्डकीमा बेपत्ता बालक भट्टराईको शव फेला

0
565

सुशीला रेग्मी

रामपुर (पाल्पा) ७ जेठ :  कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका रामपुर नगरपालिका १० सिकोडाँडा १० वर्षीय बालक सुनिल भट्टराईको शव फेला परेको छ ।

स्याङ्गजाको चापाकोट नगरपालिकास्थित ज्याग्दीदोभान देखि करिव एक सय मिटर तल नदी किनारको पानीमा बुधवार दिउँसो साढे एक वजेतिर शव फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय रामपुरले बेपत्ता बालकको शव फेला परेको परिवारलाई खबर गरेपछि आफन्तले बालकको शव पहिचान गरेका हुन् ।

गत जेठ ४ गते रामपुर नगरपालिका १० स्थित मलौटेघाटमा दिउँसो पौडी खेल्ने क्रममा बालक बेपत्ता भएका थिए । उनीसंगै बेपत्ता भएका वर्ष १० का समीर चापागाई भने अझै फेला पर्न सकेका छैनन् ।

SHARE