बिरामी स्थिर अवस्थामै छनः उपचाररत विरामीलाई मन्त्री र मेयरले गरे मृत्युको घोषणा

0
508

गुल्मी मदानेका ती संक्रमित अहिले भेन्टिलेटरमा उपचाररत रहेका छन् । उनको फोक्सोमा समस्या रहेकाले कृतिम श्वासप्रश्वास दिइएको छ । विहान केही जटिलता देखिएको थियो, अहिले सामान्य सुधार छ ।

विरामी जेठ १ गते अस्पतालमा उपचारका लागि आएका थिए । कोरोना पोजेटिभ नजिता आउदा उनी आइसियुमै रहेका थिए । पोजेटिभ नतिजा आउदा जस्तो अवस्था थियो त्यस्तै रहेको अस्पताले जनाएको छ ।

मन्त्रीकै गलत सूचना
प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले नै उपचाररत विरामीलाई मृत्यु भएको गलत सूचना दिएका छन् । त्यही सूचनाका आधारमा सेतोपाटी अनलाईनले कोरोना पोजेटिभका तेस्रो विरामीको मृत्यु भन्ने समाचार बनाएको छ । अस्पतालमा कार्यरत चिकित्सक समाचार देखेपछिआश्चर्यमा परेका छन् ।

मेयरको पनि गलत सूचना
न्युज २४ को लाईभमा तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले घोषणाको लागी केही प्रक्रिया बाकी होला, घिमिरेले भने तर म, नगरप्रमुखको हैसियले प्राप्त सुचनालाई लुकाउन मिल्दैन, उहाँको मृत्यु भएको अवस्था हो । मलाई प्राप्त सुचना अनुसार आज बिहान मृत्यु भएको हो।

सामाजिक विकास मन्त्रालय मातहतका कुनै पनि निकायले बिरामीको मृत्यु भएको पुष्टी गरेका छैनन् । देशका करिब धेरैजसो सञ्चार माध्यमबाट मृत्यु भएको समाचार आईसकेको छ ।

SHARE