गुल्मीदरबार गाउँपालिकाद्धारा ३५ जना स्वयंसेवक परिचालन

0
865
गुल्मीदरबार गाउँपालिकाको तस्बिर : खबरमार्केट

रामकृष्ण कडेल,

जेठ ७ ,२०७७ गुल्मी : गुल्मी गुल्मीदरबार गाउँपालिका को मंगलबार बसेको कार्यपालिकाको बैठकले गाउँपालिका भित्रका सात वटै वडाहरुमा पाँच पाँच जनाका दरले ३५ जना स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ ।
बिश्वब्यापि रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले बन्दाबन्दीको पूर्ण पालना गराउन यस्तो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
साथै उत्त बैठकले क्वारेन्टाईन सम्बन्धी नयाँ तरिका बाट ब्यवस्थापन गर्ने भएको छ । अबदेखि भारत तथा अन्य तेश्रो मुलुक र देश भित्रकै पनी संक्रमण फैलिएको स्थान र त्यसको वरपर बाट आउने अर्थात नेपाल सरकारले तोकेको रेड जोन बाट गाउँपालिका भित्र आउने जो कोहिलाइ पनी म्यालपोखरी माध्यमिक विध्यालय गौडाकोटमा स्थापना गरिने गाउँपालिका स्तरिय क्वारेन्टाईनमा राख्ने र देश भित्रका अन्य संक्रमण नफैलिएका स्थान अर्थात नेपाल सरकारले तोकेको रेड जोन भन्दा बाहिर बाट गाउँपालिका भित्र आउने जो कोहिलाइ पनी यस अघि नै संचालनमा आएका प्रत्येक वाडहरुमा रहेका क्वारेन्टाईनमा राख्ने निर्णय गरिएको छ ।
कोभिड १९ को रोकथामको लागी गाउँपालिका अध्यक्ष अशोक कुमार थापाको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरिय समिति गठन गरेको छ । जसको सदस्यहरुमा प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेत,स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्याल,वडाध्यक्ष खुम बहालुर पल्ली र चारपाला प्रहरी चौकी प्रमुख बिजय थारु रहेका छन ।
त्यस्तै प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेतको संयोजकत्वमा स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्याल सदस्य सचिव रहेको पाच सदस्यीय क्वारेन्टाईन स्थापना,संचालन तथा व्यवस्थापन समिति समिति गठन गरेको छ ।जसको सदस्यहरुमा वडा नंम्बर ३ का वाड अध्यक्ष बल बहादुर थापा, समाजसेवी राजु कार्की र शिक्षक रेख बहादुर थापा रहेका छन ।
अब स्थापना हुने गाउँपालिका स्तरिय क्वारेन्टाईन म्यालपोखरी माध्यमिक विध्यालय गौडाकोटमा ५० बेड र यस अघिको बिभिन्न वडाहरुमा स्थापना भैसकेकेको ५५ बेड गरी गाउँपालिकाले जम्मा १०५ बेड स्थापना गर्ने र आवस्यकता अनुसार स्वास्थ्यकर्मी परिचालन गरिने स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्याले बताए ।
गुल्मीदरबार गाउँपाकिाका बिभिन्न क्वारेन्टाईनमा हालसम्म २९ जनाको आरडिटि परिक्षण गरि सबैको रिपोर्ट नेगेटिभ आएकोले डिस्चार्ज गरिसकिएको र अहिले २ जना क्वारेन्टाईनमा रहेको पनि अर्यालले बताए ।

SHARE