सुशीला रेग्मी
रामपुर (पाल्पा) ६ जेठ : बन्दाबन्दीका बाबजुद पनि राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्र्तगत पाल्पा रामपुर नगरपालिका भित्रका तीन वटा खोलामा पक्की पुल निर्माणको काम संचालन गरिएको छ ।
वर्षायामको समय नजिकिदै गरेका कारण वर्षा सुरु हुनु अगावै सक्नुपर्ने तथा बाढीले क्षति पु¥याउन सक्ने पुललाई बन्दाबन्दीका समयमा काम सुचारु गरिएको हो । वडा नं ३ र ४ जोड्ने अधेँरीखोलाको पुल बन्दाबन्दीले रोकिएको ढलानको काम हालसालै पुनः सुचारु गरी ढलान गर्ने काम सम्पन्न भएको छ ।
कोरनाको कहरले बन्दाबन्दी लागु गरेपछि बीचमै निर्माण कार्य रोकिन पुगेको सो पुल वर्षायाम नजिकिदै गरेपछि बाढीबाट जोगाउन ढलानको काम सकिएको छ । सो पुल २० मिटर लम्बाई, ११ मिटर चौडाईमध्ये गाडी गुड्ने भाग साढे सात मिटरको रहेको छ ।
त्यस्तै कालीगण्डकी करिडोर अन्र्तगत नगरपालिकाको वडा नं ७ र ८ जोड्ने तुरुन्दे खोलामा निर्माणाधिन पुलको काम लगभग ९० प्रतिशत सकिइसकेको छ ।
अहिले बन्दाबन्दी लम्बिदै गएपछि असार मसान्त अगावै सक्नुपर्ने पुल भएकाले पुलको बाटोको रुपरेखा मिलाउने, काँटछाँट गर्ने लगायतका काम भइरहेको सहायक सुपरभाइजर दामोदर भण्डारीले बताउनुभयो । सो पुल लम्बाई २५ मिटर, चौडाई ११ मिटरमा साढे सात मिटर गाडी गुड्ने छ ।
वडा नम्वर १० मा पर्ने पाँच सय खोलामा निर्माणाधिन पुलको ढलानको लागि काम भइरहेको छ । सो पुलको ५५ प्रतिशत काम सकिइसकेको छ ।
कालीगण्डकीको दोभान नजिकै रहेकाले सामान उपलब्ध भएको खण्डमा वर्षा नलाग्दै ढलान गर्ने तयारी छ । सो पुलको २५ मिटर लम्बाई र साढे सात मिटर गाडी गुड्ने भाग सहित ११ मिटरको चौडाई छ ।
बन्दाबन्दी भएपछि निर्माणाधिन कार्य बीचमै रोकिन पुगेपछि लामो समय बन्द हुदा वर्षायाम नजिकिएकाले खोलाका निर्माणाधिन पुलका कामहरु सुस्त सुस्त सुचारु गरेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका सब इन्जिनियर शिव सुवेदीले जानकारी दिए ।
“सामान प्रयाप्त छैन तैपनि ढलानका लागि टेका लगाएर राखिएका खोलाका पुलहरु बाढीले बगाउने डरले दुख सुख संग पुनः निर्माण कार्य थालिएको छ, अति आवश्यक र बाढी आउँदा क्षति पुग्न सक्ने भागको काम मात्र गरिएको छ” उनले बताए ।
यसैगरी गैडाँकोट देखि पिलडाँडा सडक खण्ड अन्र्तगत एक सय ३० किलोमिटर सडक कालोपत्रे बनाउने योजनाका लागि पहिलो चरणको काम भइरहेको छ ।