
जेठ ६,२०७७ गुल्मी : गुल्मीको मदाने गाउँपालिकामा कोरोना संक्रमण देखिएका ब्याक्तिको परिवार र सम्पर्कमा रहेका ३० जनाको स्वाव संकलन गरिएको छ ।
जिल्लाको मदाने गाउँपालिका वडा नं ६ का ४१ बर्षिय पूरुषमा सोमबार भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएसंगै उनको परिवार र निजको प्रत्यक्ष सम्पर्कमा रहेका ३० जनाको स्वास्थ्य कार्यलय गुल्मीबाट गएको टोलीले स्वाब संकलन गरिएको मदाने गाउँपालिकाका सूचना अधिकारी ऋषिराम पोखरेलले जानकारी दिए ।
संकलन गरिएको स्वाबलाई प्रादेशिक प्रयोगशाला रुपन्देही भैरहवामा परीक्षणका लागि पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए ।
कोरोना भएको पुष्टि भएसंगै मदाने गाउँपालिकालाई सोमबार साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला सुरक्षा समितिले सिल गर्ने निर्णय गरेको हो ।
यो संगै गुल्मी अस्पतालको ओपिडी सेवा जेठ ६ र ७ गते बन्द गर्ने जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
संक्रमित ब्याक्ति कतैबाट आएको नभई गाउँमै बसीराखेको र गाउँबाट जन्डिसको लक्षण तथा पहिले देखिनै निमोनिया देखा परेको भन्दै जेठ एक गते देखि बुटवलको क्रिमसन अस्पातलमा उपचारको क्रममा रहेको जनाइएको छ । उनको क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।








