बगनासकालीका कृषकलाई अनुदानमा मौरीघार

0
1094

सुशीला रेग्मी

जेठ ६, रामपुर (पाल्पा) :पाल्पाको बगनासकाली गाउँपालिकाले कृषकलाई अनुदानमा मौरी घार वितरण गरेको छ ।

गाउँ कार्यपालिकाको पाँचौ गाउँसभाबाट स्वीकृत कृषि कार्यक्रम अन्तर्गत मौरी गाोला, खाली मौरीघार, मौरीजन्य सामग्रीहरू ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।
जसअन्तर्गत २३ वटा मौरी गोलाघार, ४२ वटा खाली घार लगायत मौरीजन्य सामग्रीहरू वितरण गरिएको हो । मागका आधारमा आएका निवेदनमध्ये विभिन्न मापदण्डका आधारमा कृषकहरूलाई मौरी घार, गोला सहित मौरीगोला लगायत अन्य मौरीजन्य सामग्रीहरू वितरण गरिएको छ ।
मौरीजन्य सामग्रीहरूमा मह प्रशोधन गर्ने महमदानी, आधार चाका वितरण गरिएको कृषि शाखा प्रमुख राजेश बोहराले जानकारी दिए ।
बगनासकालीलाई मौरी गाउँका रूपमा चिनाउन विगतका बर्ष देखि नै मौरी सम्बन्धि विभिन्न अनुदानका कार्यक्रमहरू मार्फत कृषकलाई मौरी पेशाप्रति सँलग्न हुन प्रेरित गरिरहेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।

SHARE