गुल्मीका एक जनामा कोरोना संक्रमण भएसंगै गाउँपालिका सिल

0
615
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
जेठ ५,२०७७ गुल्मी  :  गुल्मीका एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएसंगै मदाने गाउँपालिकालाई सोमबार साँझ ६ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि सिल गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
जिल्लाको मदाने गाउँपालिका वडा नं ६ पुर्कोटदहका ४१ बर्षिय पुरुषमा भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पाइएकाले गाउँमा उनको प्रथामिक उपचारमा संलग्न स्वास्थ्य कर्मी , उनको परिवार र सम्पर्कमा आएका सबै ब्याक्तिहरुको आरडिटी र पिसीआर परीक्षण गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यलय गुल्मीका सूचना अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
यो संगै गुल्मी अस्पतालको ओपिडी सेवा जेठ ६ र ७ गते बन्द गर्ने निर्णय समेत भएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ । तत्काल पिसीआर भिटियम उपलब्ध गराउनका लागि ५ नं प्रदेश सरकारसंग अनुरोध गर्ने निर्णय समेत भएको छ ।
उनी कतैबाट आएको नभई गाउँमै बसीराखेका र गाउँबाट जन्डिसको लक्षण तथा पहिले देखिनै निमोनिया देखा परेको भन्दै उनी जेठ एक गते देखि बुटवलको क्रिमसन अस्पातलमा उपचारको क्रममा रहेका थिए । उनको क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
उनी मदाने गाउँपालिका देखि अर्घाखाँचीसम्म मोटरसाइकलमा गएको र अर्घाखाँचीबाट एम्बुलेन्समा बुटवल गएको स्थानीयले बताएका छन् ।

SHARE