गुल्मीका एक जनामा कोरोना संक्रमण

0
615

जेठ ५,२०७७ गुल्मी  : गुल्मीका एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
जिल्लाको मदाने गाउँपालिका वडा नं ६ पुर्कोटदहका ४१ बर्षिय पुरुषमा भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण भएको हो ।
उनी कतैबाट आएको नभई गाउँमै बसीराखेका र गाउँबाट जन्डिसको लक्षण तथा पहिले देखिनै निमोनिया देखा परेको भन्दै उनी जेठ एक गते देखि बुटवलको क्रिमसन अस्पातलमा उपचारको क्रममा रहेका थिए ।
उनी मदाने गाउँपालिका देखि अर्घाखाँचीसम्म मोटरसाइकलमा गएको र अर्घाखाँचीबाट एम्बुलेन्समा बुटवल गएको स्थानीयले बताएका छन् ।
उनको परिवार र सम्पर्कमा रहेका ब्याक्तिहरुको पहिचान गरि पिसीआर गर्ने तयारीमा रहेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

SHARE