कालीगण्डकीमा डुबेर रामपुरका दुई बालक बेपत्ता

0
459

सुशीला रेग्मी

जेठ ४, रामपुर (पाल्पा) :कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर रामपुरका दुई बालक बेपत्ता भएका छन् ।
रामपुर नगरपालिका १० स्थित मलौटेघाटमा आईतवार दिउँसो पौडी खेल्न गएका सिकोडाँडाका दुई बालक बेपत्ता भएका हुन् ।
पौडी खेल्ने क्रममा १० वर्षका समीर चापागाई र सुनिल भट्टराई नदीमा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । आईतवार दिउँसो १ वजे नदीमा पाँच जना बालक पौडी खेल्न गएका थिए । बेपत्ताको खोजी कार्य भइरहेको वडाध्यक्ष लिलबहादुर गाहाले जानकारी दिए ।

SHARE