कोरनाको जोखिम बढेपछि जेठ ५ गतेसम्म पाल्पा सिल

0
700

सुशीला रेग्मी

रामपुर (पाल्पा), २ जेठ  :  छिमेकी जिल्ला रुपन्देही, कपिलवस्तु र नवलपरासीमा कोरना भाइरस सङ्क्रमणको जोखिम बढ्न थालेपछि पाल्पा जिल्लालाई सिल गरिने भएको छ ।

शुक्रवार बसेको कोरना सङ्कट व्यवस्थापन समितिको बैठकले शनिवार बिहान ५ बजेदेखि जेठ ५ गते राती १२ बजेसम्म जिल्लालाई सिल गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञश्वर पन्थीले जानकारी दिए ।

औषधी, एम्बुलेन्स शव बहान लगायतका अत्यावश्यकीय वस्तुको गाडी बाहेक कुनै पनि सवारी साधन सञ्चालन नगर्ने र उद्योग व्यवसाय समेत सञ्चालन नगर्ने बैठकले निर्णय गरेको छ ।

एक सय २० शैयाको आइशोलेसन कक्ष बनाइने

जिल्लामा कोरनाको सङ्क्रमणलाई मध्यनजर गर्दै एक सय २० शैयाको आइसोलेशन कक्ष तयार पारिने भएको छ । कोरोना रोकथामको लागि सम्बन्धित पालिकाको सहयोगमा रामपुर र तानसेन नगरपालिकामा ५०÷५०, रम्भा र रिब्दिकोट गाउँपालिकामा १०÷१० शैयाको आइसोलेशन कक्ष तयार गर्ने निर्णय भएको छ ।

यसअघि तानसेनको पाल्पा अस्पताल, लुम्बेनी मेडिकल कलेज, मिसन अस्पताल र रामपुर अस्पतालमा गरी जम्मा ६२ शैयाको आइसोलेशन कक्ष तयार पारिएको छ ।

SHARE