रौतहटबाट आएका ४ जना मुसिकोटको क्वारेन्टाईनमा

0
361

सागर भण्डारी,
जेठ २, गुल्मी । मुसिकोट नगरपालिका वडा नं १ पौँदीअमराईमा ४ जनालाई क्वारेन्टाईनमा राखिएको छ । रौतहटको चन्द्रनिगाहा पुर घई भई हाल विद्युतको सव स्टेशन निर्माणका लागि आएका उनीहरुलाई जनज्योति माध्यमिक विद्यालय अरेवामा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको बताईएको छ ।
स्थानीय अनुरोध प्रगतिशिल युवा क्लवले उनीहरुलाई क्वारेन्टाईनमा राखेको हो । विद्युत मर्मतका लागि आएका अमर लामिछाने, सागर राई, दिपक रोका र मदन सुवेदी गरी ४ जनालाई विद्यालयको क्वारेन्टाईनमा राखिएको क्लवका अध्यक्ष मृगेन्द्र हितानले जानकारी दिनुभएको छ ।
काठमाण्डौबाट आएको भन्ने थाहा पाएपछि कोरोनाबाट हुन सक्ने सम्भांवित जोखिमलाई मध्येनजर गरेर उनीहरुलाई क्वारेन्टाईनमा राखिएको उहाँले बताउनुभयो । वडामा जानकारी नगराई १३२ केभीए सव स्टेशनको मर्मतका लागि आएकाले उनीहरुलाई क्वारेन्टाईनमा राख्नुपरेको र सम्बन्धित निकाय यस विषयमा सवेंदनशील नभएको भन्दै अध्यक्ष हितानले गुनासो व्यक्त गर्नुभयो ।
यसैबीच सोही वडामा होम क्वारेन्टाईनमा रहेका २७ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । भारत लगायत देशका विभिन्न स्थानबाट आएका उनीहरुलाई आफ्नै घरमा क्वारेन्टाईनमा बस्न आग्रह गरिएको थियो । क्लवको सक्रियतामा पौँदी अमराई स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले उनीहरुको स्वास्थ्य परिक्षण गर्दा अवस्था सामान्य देखिएपछि उनीहरुलाई छोडिएको क्लवका अध्यक्ष हितानले जानकारी दिनुभयो ।

SHARE