गुल्मीमा बिष सेवन गरी बालकको ज्यान गयो

0
439

जेठ १,२०७७ गुल्मी  :गुल्मीमा बिष सेवन गरि एक जना वालकको ज्यान गएको छ ।
जिल्लाको धुर्कोट गाउँपालिका वडा नं ४ जैसिथोकका चार बर्षिय प्रशान्त पोखरेलले बिहीबार दिउँसो बिष सेवन गरेका उनको उपचारको क्रममा जिल्ला अस्पताल तम्घासमा ज्यान गएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रसिंह खडकाले जानकारी दिए ।
उनकी आमा बाहिर काममा गएका बेला भाँडा माझने ठाउँमा राखिएको बस्तुभाउँलाई जुम्रा मार्ने बिष सेवन गरेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

SHARE