सीमा बिबाद समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र

0
508

बैशाख ३१,२०७७ गुल्मी :  नेपाल बिद्यार्थी संघ गुल्मीले भारतले बिभिन्न बहानामा नेपाली भूभाग मिचिइरहँदा सरकारले कुनै ठोस कदम नचालेको भन्दै तत्काल परिणाममुखी कुटनैतिक पहल थाल्न आग्रह गरेको छ ।
बुधबार प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतको अतिक्रमण भईरहदा सरकार उदासीन रहन नमिल्ने भन्दै तत्काल उच्चस्तरीय कुटनैतिक पहल गरि नेपालको भूमिको रक्षा गर्न आग्रह समेत गरेको छ ।
नेपाल बिद्यार्थी संघ गुल्मीका कार्यवाहक सभापति रामजी पन्थीले सन् २०१५ मा चीन र भारत सरकारबिच बेइजिङ्मा भएको लिपु–लेकलाई ब्यापारिक नाका बनाउने सम्झौतालाई खारेजीका लागि माग समेत गरेका छन् ।
त्यस अवशरमा सभापति पन्थीले उक्त सम्झौता नेपालको सहमति र हित बिपरित भएकाले तत्कालीन सुशिल कोइराला नेतृत्वको सरकारले भारत, चीनसमक्ष बिरोध जनाएको अवगत गराए ।
साथै नेपाल बिद्यार्थी संघले सीमा अतिक्रमणको बिरूध्द प्रदर्शनमा उत्रिएका नेविसंघका केन्द्रीय नेताहरुमाथि गरिएको प्रहरी दमन र हस्तक्षेपको घोर भत्र्सना गरेको छ ।

SHARE